मन्त्रीमण्डल बिस्तारकाे काम थाँती राखेर विमानस्थल भवन शिलान्यास गर्न चितवन जाँदै प्रधानमन्त्री

मन्त्रीमण्डल बिस्तारकाे चटाराेका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन प्रस्थान गर्न लागेका छन्। उनी सत्ता गठबन्धनकाे बैठक थाँती राखेर केहीबेरमा चितवन जान लागेका हुन्।

उनी चितवनस्थित भरतपुर विमानस्थल भवनकाे शिलन्यास गर्न त्यसतर्फ प्रस्थान गर्न लागेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। पूर्व निर्धारित कार्यक्रम भएकाेले प्रधानमन्त्री प्रचण्ड यताकाे काम छाडेर त्यसतर्फ प्रस्थान गर्न लागेकाे सचिवालयकाे दाबी छ।

त्यहाँबाट उनी दिउँसाे १ बजे काठमाडाैँ फर्किएपछि मन्त्रीमण्डल बिस्तारकाे काम अगाडि बढाइने भएकाे छ।

करिब दुई महिनादेखि रिक्त रहेका १८ मन्त्रालयमा आज मन्त्रीहरु नियुक्त गर्ने तयारी प्रधानमन्त्रीकाे रहेकाे छ।

प्रकाशित मिति: : 2023-03-30 09:28:00

प्रतिकृया दिनुहोस्