राजेन्द्र लिङदेनको प्रश्न– सरकार मुडभेडतर्फ जान खोजको हो? (भिडियाे) 

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले के सरकार मुडभेडतर्फ जान लागेको हो भन्दै प्रश्न गरेका छन्।

बुधवार प्रतिनिधिसभाकाे बैठकमा बोल्दै उनले भने, ‘सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुडभेडतर्फ जान खोजेको हो? के यो गणतन्त्रमा राजावादी हुने कुनै नागरिकलाई छुट छैन?’

अध्यक्ष लिङदेनले मंगलबार आफ्ना पार्टीका प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाही माइतीघरमा मिटरब्याजी पीडितको आन्दोलनलाई ऐक्यबद्धता जनाउन जाँदा गरिएको दुर्व्यवहारप्रति भर्त्सना गर्दै सरकारसँग सो प्रश्न गरेका हुन्। मिटरब्याजी पीडितसँग ऐक्यवद्धता जनाउन जाँदा सत्तापक्षीय कार्यकर्ताबाट दुर्व्यवहार भएको बताए।

सांसद शाही मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका मंगलबार राजवादीको ऐक्यबद्धता चाहिँदैन भन्दै प्रदर्शनकारीले अवरोध गरेका थिए। शाहीलाई मिटरब्याजी पीडितले नारा जुलुस गरेर धर्नास्थलमा प्रवेश गर्न रोक लगाएका थिए।

अध्यक्ष लिङदेनले मिटरब्याजी पीडितलाई तत्काल न्याय दिन सरकारसँग मागसमेत गरे।

प्रकाशित मिति: : 2023-03-29 14:52:00

प्रतिकृया दिनुहोस्