प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज गोरखा जाने भएका छन्।

पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा जाने भएका छन्।

यस योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।

वूड हिल-लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ। गोरखा प्रचण्डको निर्वाचन क्षेत्र पनि हो।

प्रकाशित मिति: : 2023-03-21 07:47:00

प्रतिकृया दिनुहोस्