मन्त्री छान्न कांग्रेसले बनायाे मापदण्ड

File Photo
File Photo

नेपाली कांग्रेसले सरकारमा मन्त्री पठाउनकाे लागि मापदण्ड बनाएको छ।

सङ्घीय संसद् भवनको शङ्कर हलमा आइतबार बिहान बसेकाे कार्यसम्पादन समितिको बैठकले मन्त्री छान्नका लागि मापदण्ड बनाएकाे हाे।

बैठकले सरकारमा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई कायम राखेर मन्त्री पठाउने निर्णय गरेकाे कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: : 2023-03-19 12:19:00

प्रतिकृया दिनुहोस्