प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको हाे।

बैठकले भाेलि (साेमबार) प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय भएकाे महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

सरकारमा सहभागी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारलाई दिएकाे विश्वासकाे मत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले साेमबारकाे प्रतिनिधिसभा बैठकमार्फत विश्वासकाे मत लिँदैछन्। यसअघि विश्वासकाे मत दिए पनि प्रतिपक्षमा रहेकाे काँग्रेस अब सरकारमा सहभागी हुने भएकाे छ।

प्रचण्ड गत पुस १० गते गठबन्धन ताेडेर एमालेसँग मिलेर नयाँ सरकार बनाएपछि नेपाली काँग्रेस सरकारबाट बाहिरिन पुगेकाे थियाे। सरकारमा सहभागी हुन लागेकाे काँग्रेसलाई एमालेले त्यागेका ८ मन्त्रालय दिने तयारी भइरहेकाे छ।

प्रकाशित मिति: : 2023-03-19 11:44:00

प्रतिकृया दिनुहोस्