‘सरकारले मलमा गरेको मूल्यवृद्धि अविलम्ब खारेज गर्नुपर्छ’

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विरोध गरेका छन्।

सत्ता घटक पार्टीनिकट जनसंगठनका नेता राईले सामाजिक सञ्जालमा 'कृषि प्रधान देश भनेर क्रान्तिकारी नारा लगाउनेहरु, किसान वर्गको हितका लागि लडिरहेका भन्नेहरु, जीवनदाता किसान भन्नेहरु, महान किसान भन्नेहरु आज राज्य सत्ताका मुली छन्' भन्दै प्रधानमन्त्री प्रचण्डमाथि खबरदारी गरेका छन्।

प्रवक्ता राईले विभिन्न बहाना देखाएर किसानलाई वितरण गरिने मल अनुदानमा भएको मूल्यवृद्धिको सबैले विरोध गर्न, दलाल पुँजीपति वर्गसंग डटेर लड्ने भन्दै सरकारले मलमा गरेको मूल्यवृद्धि अविलम्ब खारेज गर्न मागसमेत गरेका छन्।

प्रकाशित मिति: : 2023-03-15 11:06:00

प्रतिकृया दिनुहोस्