सिन्धुली बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १० पुग्याे

ओखलढुङ्गाकाे रुम्जाटारबाट काठमाडौँ आउँदै गरेकाे यात्रवाहक बस सिन्धुलीमा दुर्घटना हुँदा १० जनाकाे मृत्यु भएकाे छ।

रुम्जाटारबाट आउँदै गरेकाे बा २ ख ६५९६ नम्बरको बस आइतबार बिहान सिन्धुलीको फिक्कल गाउँपालिका- ४ कुहिभिरमा दुर्घटना हुँदा घटनास्थलमै १० जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

मृत्यु हुनेहरुको पहिचान नखुलेकाे प्रहरीले जनाएको छ।

त्यस्तै बसमा सवार एक दर्जन बढी मानिस घाइते भएका छन्। उनीहरुलाई उपचारकाे लागि खुर्कोटस्थित अस्पताल लगिँदैछ।

बसमा २९ जना यात्रु सवार रहेकाे प्रहरीले जनाएकाे छ।

घटनाको थप विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2023-03-12 10:39:00

प्रतिकृया दिनुहोस्