उपराष्ट्रपतिमा जसपाबाट एक जना मात्र उम्मेदवार, अध्यक्ष यादव भन्छन्- गठबन्धनको साथ हामीलाई छ

File Photo
File Photo

जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिमा एक जना मात्र उम्मेदवार बन्ने भएका छन्।

यसअघि महिला र पुरुष उम्मेदवार बनाउने गरी छलफल भएको भएपनि उम्मेदवार दर्ताका क्रममा रामसहाय यादवलाई मात्र उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनले उपराष्ट्रपतिमा गठबन्धनको साथ जसपालाई रहेको पनि जिकिर गरे।

१० दलीय गठनबन्धनमा कुरा मिल्न नसकेपछि जनमत पार्टीबाट उपराष्ट्रपतिमा ममता झा उम्मेदवार बनेकी छिन्। जसपा अध्यक्ष यादवले जनमत पार्टीलाई गठबन्धनले सहयोग नगर्ने बताए।

‘उहाँहरु(जनमत पार्टी) गठबन्धनमा आउनुअघि पाँच दलीय गठबन्धनमा राष्ट्रपति काँग्रेसलाई र उपराष्ट्रपति जसपालाई दिने गरी सहमति भएको थियो। सोहीअनुसार गठबन्धनको साथ हामीलाई हुन्छ’, उनले भने। यसअघि जसपाबाटै प्रमिला यादवलाई पनि उपराष्ट्रपतिको उम्मेदवार बनाउने छलफल भएको थियो।

उपराष्ट्रपतिमा महिला उम्मेदवार किन उठाउनु भएन भन्ने प्रश्नमा अध्यक्ष उपेन्द्र यादवले संविधानमा महिला वा फरक समुदाय हुनुपर्ने व्यवस्थाअनुसार नै आफूहरुले रामसहायलाई उम्मेवार बताए।

प्रकाशित मिति: : 2023-03-11 12:33:00

प्रतिकृया दिनुहोस्