एआइजी बढुवाका लागि पाँच डिआइजी सिफारिस, पहिलो नम्बरमा कुँवर 

File Photo
File Photo

सरकारले पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्यलाई सिफारिस गरेको हो।

गृह मन्त्रालयको बढुवा समितिले डिआइजी कुँवरलाई ६९ दशमलव ९३ प्राप्त अङ्क दिएर पहिलो स्थानमा बढुवा सिफारिस गरेको छ।

प्रकाशित मिति: : 2023-03-10 14:26:00

प्रतिकृया दिनुहोस्