नयाँ राष्ट्रपति चयनकाे लागि अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान जारी छ। राष्ट्रपतिकाे लागि दुई उम्मेदवार रहेकाे निर्वाचनमा संघीय सांसद र प्रदेश सभाका सदस्यहरुले मतदान गरिरहेका छन्। बिहान १० बजेबाट सुरु भएकाे मतदान प्रक्रियामा हालसम्म प्रमुख दलका अधिकांश शीर्ष नेता तथा दुबै उम्मेदवारहरुले मतदान गरिसकेका छन्।