माधव नेपाललाई भेटेर ओलीले दिए भाइ सरोजकाे निधनप्रति समवेदना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ।

भाइ सरोजकुमार उपाध्यायकाे निधनकाे शाेकमा रहेका नेपाललाई एमाले अध्यक्ष ओली बुधबार भेटेका हुन्। नेपालका भाइ सरोजको शनिबार निधन भएको थियो।

एकीकृत समाजवादीका नेतासमेत रहेका स्वर्गीय उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा थिए। परिवारजनलाई समवेदना दिन अध्यक्ष ओली पुगेका हुन्।

प्रकाशित मिति: : 2023-03-08 15:05:00

प्रतिकृया दिनुहोस्