नेकपा एकीकृत समाजवादीका नेता तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय निधन भएको छ।
शनिबार दिउँसो शंखमुलस्थित एक रेष्टुराँको ६ तला माथिबाट खसेर उपाध्याय घाइते भएका थिए। उनलाई तत्कालै नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो। ६२ वर्षीय उपाध्यायकाे उपचारकाे क्रममा निधन भएकाे हाे।