सांसदहरुलाई रामचन्द्र पौडेलको पत्र: तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु

File Photo
File Photo

राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्र लेखेका छन्।

बिहीबार काठमाडौंमा आयोजित आठ राजनीतिक दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा पौडेलले राष्ट्रपतिमा आफूलाई मत माग्दै लेखेकाे पत्र बाँडेएका हुन्।

पत्रमार्फत उनले नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि आफूले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउँदै आएकाे उल्लेख गर्दै निर्दलीय निरङ्कुश सत्तासँग आफू अलिकति पनि नझुकिन बताएका छन्।

'नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउदै आएँ', उनले भनेका छन्, 'फलतः निर्दलीय निरङ्कुश सत्तासँग म अलिकति पनि झुकिनँ र पञ्चायतको तीसवर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ।'

उनले बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनहरुमा पनि कहीँकतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दूर कोशिस गर्दै आएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, 'सबै धर्म, संस्कृति, जात, वर्ग, लिङ्ग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारको रुपमा उपस्थित छु। नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु।'

प्रकाशित मिति: : 2023-03-02 15:15:00

प्रतिकृया दिनुहोस्