कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुक नै खाली हुने गरी मानिस विदेश गएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन्।
मोरङको सुन्दरहरैचामा ‘सुन्दरहरैचा विराट एक्स्पो ४’को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।
‘तपाईंहरू हेर्दै जानुहोस्, २/४ वर्षमा धेरै युवाहरू स्वदेशमै लगानी गर्ने तयारी गरिरहेका छन्। हामीले त्यो वातावरण बनाइरहेका छौं।’