कांग्रेस सांसद गुरुङसहित ११ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनलाई दोषी ठहर गरेको हो। 

फनपार्कको जग्गा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो।

त्यसैगरी अदालतले सांसद गुरुङ, पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित ११ जनाविरुद्धको भ्रष्टाचारको अभियोग ठहर गरेको छ।

प्रकाशित मिति: : 2023-02-28 20:52:00

प्रतिकृया दिनुहोस्