जेल हाल्नुपर्ने मान्छेलाई सिंहदरबार कब्जा गर्न लगाउनेः प्रेम सुवाल

File photo
File photo

नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधीसभा सदस्य प्रेम सुवालले जेल जानुपर्नेहरूलाई सिंहदरवार कब्जा गर्न दिएको आरोप लगाएका छन्। 

मंगलबार सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। सुवालले देशघाट र भ्रष्टाचार गर्नेहरुलाई जेल पठाउने कानुनको आवश्यक रहेको बताएका छन्।

उनले लेखेका छन, ‘जेलमा हाल्नुपर्ने मान्छेहरुलाई सिंहदरबार कब्जा गर्न लगाएर देशको हित हुँदैन। देशघात गर्ने र भ्रष्टाचार गर्नेहरुलाई जेलमा राख्ने कानुनको आवश्यक छ।’

प्रकाशित मिति: : 2023-02-28 18:16:00

प्रतिकृया दिनुहोस्