‘मिसन ग्रासरुट’को प्रशिक्षणमा मन जित्दै कामरेड कोमल !

नेकपा एमालेकी नेतृ कोमल वली यतिबेला पार्टीले सुरु गरेको संगठन सुदृढीकरण एवं प्रशिक्षण केन्द्रीत अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खटिएकी छन्। यी दुई पालिकाका गाउँ–गाउँमा भइरहेका अभियानमा वलीले एमालेका नेता-कार्यकर्तालाई राजनीतिक प्रक्षिणण दिइरहेकी छन्।

पार्टी केन्द्रले नेताहरु लक्ष्मण ज्ञवाली, भिम केसी, खड्कबहादुर खड्कासहित वलाई बाँके जिल्लामा खटाएको छ। केन्द्रीय प्रतिनिधिसहित जिल्लाका नेता-कार्यकर्ता पालिकादेखि टोलसम्म अभियानमा लागेका छन्। एमाले केन्द्रीय सदस्य रहेकी वली सुरुका दिनदेखि नै अभियानमा सक्रियतापूर्वक लागेकी छन्।

वलीले एमालेका नेता-कार्यकर्ता माझ जनताको बहुदलीय जनवाद, देशको वर्तमान परिस्थति र पार्टीको भूमिका, पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्था, संगठन निर्माण, स्थानीय कमिटिले गर्नुपर्ने कार्यभार र अन्य पार्टीबीचको सम्बन्धका बारेमा गहकिलो प्रशिक्षण दिइरहेकी छन्। उनको प्रशिक्षण बाँकेका एमालेका नेता-कार्यकर्तामाझ चर्चाको विषय बनेको छ।

एमाले पार्टी प्रवेश गर्दा उनलाई अवसरवादको आक्षेप लागेको थियो। नेता कम, धेरै गायिकाकाे रुपमा उनलाई हेर्नेहरुको कमी थिएन। तर ग्रासरुट अभियानमा उनले कम्युनिष्ट आन्दोलन र संगठन निर्माणका विषयमा दिएको प्रशिक्षणले उनको परिचय बद्लिएको एमालेका नेता-कार्यकर्ताहरु बताउँछन्।

वलीको प्रशिक्षण सुनेका कार्यकर्ताहरु भन्छन्, ‘हामीले जे बुझेका थियौं उहाँका बारेमा प्रशिक्षण सुनेपछि फरक लाग्यो। कम्युनिष्ट आन्दोलन र पार्टी संगठन निर्माणका बारेमा ज्ञान रहेछ भन्ने लागेको छ।’

उनको प्रशिक्षण नेता-कार्यकर्ताहरुले ध्यान दिएर सुन्ने गरेका छन्। बोलीमा मिठास त छ नै विषय वस्तुको समय गहिरो अध्ययन भएका कारण कार्यकर्ताहरुले प्रशिक्षण रुचाएका छन्। वलीसंगै अभियानमा रहेका एमाले बाँकेका नेता दिलबहादुर परियार भन्छन्, ‘कोमल वली कामरेडमा  विषय वस्तुमा प्रष्ट र गहिरो ज्ञान भएको पाए।’

प्रशिक्षणका क्रममा वलीले मिसन ग्रासरुट अभियानले आफूलाई ग्रासरुटका नेता कार्यकर्तासंग र ग्रासरुटका नेता कार्यकर्तालाई आफूसंग भेट्ने अवसर जुराइदिएको बताउने गरेकी छन्।

प्रकाशित मिति: : 2023-02-28 13:21:00

प्रतिकृया दिनुहोस्