एमाले सचिवालय बैठक बस्दै, आजै सरकारबाट बाहिरिँदै

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्। 

प्रधानमन्त्री प्रचण्डले नैतिक मूल्य, मान्यता र सहमति लत्याउँदै हिँडेकाे भन्दै एमाले आजै सरकारबाट बाहिरिने तयारीमा छ।

एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।

प्रकाशित मिति: : 2023-02-27 08:29:00

प्रतिकृया दिनुहोस्