प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन्।

मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार स्वीट्जरल्याण्डको जेनेभा जानुअघि प्रचण्डले भ्रमण रोकेका हुन्।

पररराष्ट्रमन्त्रीको भ्रमण मन्त्रिपरिषदले स्वीकृत गरिसकेपछिले उनले सबै तयारी गरिसकेकी थिइन्। तर आज प्रधानमन्त्रीले पौडेललाई जेनेभा नजान मौखिक निर्देशनपछि उनी रोकिएकी हुन् ।

नेपाल परिषद्को सदस्य राष्ट्र हो। सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको थियाे।

प्रकाशित मिति: : 2023-02-26 18:27:00

प्रतिकृया दिनुहोस्