वर्षाका कारण केपी ओली कपको पहिलो सेमिफाइनल रोकिएको छ।
त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ भोलि सोमबार बिहान ११ बजे खेलाउने गरि रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिन लाग्दा वर्षा सुरू भएको थियो।
भोलि नै हुने अर्को सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र आयोजक केपी एफसी आमनेसामने हुनेछन्। मछिन्द्र चर्च ब्वाइज युनाइटेडलाई र केपी एफसी जावलाखेल युथ क्लबलाई १–१ ९पेनाल्टीमा ५–४०को नतिजामा पराजित गर्दै अन्तिम चारमा आइपुगेको हो।