परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा प्रस्थान गर्दै

परराष्ट्र मन्त्री डा विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेकी छिन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएकी हुन्। 

नेपाल परिषद्को सदस्य राष्ट्र हो। सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री डा पौड्यालले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताए। 

प्रकाशित मिति: : 2023-02-26 13:37:00

प्रतिकृया दिनुहोस्