काठमाडौं उपत्यकामा टोलटोल मात्रै होइन घरघरमा सहकारी छन्। तर, ति सहकारीले गरिबी निवारणमा बचतकर्ता र ऋणीहरु टेवा गर्नुको साटो सहकारी संस्थाका नाममा सदस्य भनिने ठग लुटेराहरुलाई जन्माएका छन्।
केही समय पहिले चर्चाको विषय बनेका कुलेश्वरको गौतमश्री र सोल्टीमोडको सिभिल सहकारीले सर्वसाधारण लुटेको प्रष्ट छ। त्यसैगरी लालीगुराँस सहकारी हुँदै युनिटी काण्डसम्म पनि सबैलाई विधितै छ।
त्यस्तै गरी बुनपा-९ एकता बस्तीमा सञ्चलित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ब्रह्मलुट बाहिरिएको छ। कानुनी प्रकिया अनुसार छानबिन समितिले पुस पहिलो हप्ताबाट छानबिनको काम सुरु गरेर सकाएर प्रतिवेदन पेश गरेको थियो। छानविन को प्रतिवेदान अनुसार एकता बुद्ध वचत तथा ऋण सहकारीको त्रुटि रहेको जवाफ छ।
प्रारम्भिक छलफलमा सहकारी संस्थाको आर्थिक हिनामिनामा कार्यकारी अध्यक्ष भानु शर्मा र कार्यालय व्यवस्थापक शम्भु कार्कीको संलग्नता रहेको पीडित पक्षले बताएका छन्। एकता बुद्ध सहकारी सस्थामा उपध्यक्ष प्रमोद कुमार न्यौपाने ,सचिव सोमलाल श्रेष्ठ,कोषाध्यक्ष राम कुमार श्रेष्ठ ,सदस्य वीर बहादुर तामाङ ,होमनाथ तिमिल्सिना ज्ञानु कुमारी राई बीचको आर्थिक हिनामिना र अन्तरिक संस्थागत किचलोले गर्दा पीडित बचतकर्ताहरु मारमा परेका छन्।
अहिले पनि एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्य समिति सदस्यहरुहरु मध्ये अधिकांश चलाखि गरेर आ–आफ्नै भकारी भर्न र पीडित बचतकर्ताहरुलाई कहिले सहकारी सञ्चालकका छलफल भनेर त कहिले कार्य सम्पादन गर्ने सञ्चालकको अनुपस्थिति भनेर समय अवधि बढाउन बाहेक अरु विकल्प दिने मनोसयमा छैनन्।
राष्ट्रिय सहकारी महासंघ नेपालले सम्पति बेचेर भएपनि ऋण तिर्न सहकारीका सञ्चालकलाई निर्देशन दिएको छ। पत्रकार सम्मेलन गर्दै महासंघले सहकारीका सञ्चालकहरुलाई उक्त निर्देशन दिएको हो। महासंघले सहकारीबाट सञ्चालकले लिएको ऋणलाई पहिलो प्राथमिकतामा राखेर उठाउन सहकारीहरुलाई निर्देशन दिएको छ।