माधव नेपाललाई ओलीको पत्र- राष्ट्रपतिमा सुवास नेम्वाङलाई मतदान गर्न अनुराेध गर्दछु

File Photo
File Photo

राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र पठाएका छन्। 

एमालेकाे तर्फबाट राष्ट्रपतिमा नेता सुवासचन्द्र नेम्वाङकाे उम्मेदवारी दर्ता गराएलगतै अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई औपचारिक पत्र पठाएका हुन्।

पत्रमार्फत अध्यक्ष ओलीले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई भाेट हाल्न अध्यक्ष नेपालसमक्ष अपिल गरेका छन्।

'राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंकाे पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङकाे पक्षमा मतदानकाे लागि पूर्ण सहयाेग प्राप्त हुने विश्वास साथ हार्दिक अनुराेध गर्दछु', ओलीले भनेका छन्।

राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ।

प्रकाशित मिति: : 2023-02-25 16:32:00

प्रतिकृया दिनुहोस्