अन‍लाइन मत नगन्दै बाबुरामले मारे बाजी, नेत्रलाई मात्र ७१ मत

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। 

नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएकाे उपाध्यक्ष मानुषी यमी भट्टराईले बताइन्।

नेसपा (नयाँ शक्ति)को काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनको मतगणना जारी छ। जारी मतगणनामा अध्यक्षका प्रत्यासी डा. भट्टराईले ६८२ मत पाउँदा नेत्र चापागाईंले ७१ मत मात्र पाएका छन्।

निर्वाचन समितिका अनुसार अब प्रवासबाट भएको अनलाइन मतदानको केही मत मात्र गन्न बाँकी छ। प्रवासको ५५ मतमध्ये केहीले मात्रै मतदान गरेका समितिले जनायो।

प्रकाशित मिति: : 2025-02-13 16:34:00

प्रतिकृया दिनुहोस्