संविधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ: प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुले विगतदेखि नै राष्ट्रपति आफ्नो दलकातर्फबाट हुनुपर्ने धारणा राख्दै आएको बताए।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेको छनी भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'अघिल्लो गठबन्धनमा सहभागी रहेको र लामो समयदेखि आफूहरुसँग सहकार्यमा रहेका आधारमा एकीकृत समाजवादी र अध्यक्ष नेपाल राष्ट्रपतिका लागि योग्य हुनुहुन्छ।'

उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सकारात्मक छलफल भएको र साँझ पुनः बैठक बस्ने जानकारी दिए। राष्ट्रपतिका लागि शनिबार मनोनय गर्ने कार्यतालिका छ।

प्रकाशित मिति: : 2023-02-24 16:37:00

प्रतिकृया दिनुहोस्