चार दलीय बैठक सकिए लगत्तै प्रचण्ड भेट्न बालुवाटार छिरे ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ।

शुक्रबार बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

एमालेले पूर्व सहमतिअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने माग राखे पनि प्रधानमन्त्री दाहाल पुरानाे गठबन्धन ब्युँताउने गरी छलफलमा जुटेका छन्।

शुक्रबार बिहान पुरानाे गठबन्धनका चार दलबीच प्रधानमन्त्री निवासमा छलफल भएकाे थियाे। बैठकपछि काँग्रेस नेताहरुले पुरानाे गठबन्धन ब्युँताउने सहमति भएकाे बताएका थिए।

चार दलीय बैठकपछि सशंकित भएका ओलीले प्रचण्डसँग निर्णायक वार्तामा जुटेका हुन्।

प्रकाशित मिति: : 2023-02-24 14:44:00

प्रतिकृया दिनुहोस्