उपराष्ट्रपति जसपाले पाउने निश्चित

File Photo
File Photo

उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे चार दलकाे बैठकमा जसपालाई उपराष्ट्रपति दिने सहमति भएको एक नेता बताए।

ती नेताका अनुसार साँझ ५ बजेसम्म यस विषयमा टुंगो लाग्ने छ। जसपाले यसअघिदेखि नै उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी गर्दै आइरहेकाे छ।  

राष्ट्रपति भने आफूले पद पाउनुपर्ने कांग्रेसले अडान राखेको छ।

बैठकमा काँग्रेसलाई राष्ट्रपति दिने र पाँच वर्षभित्रमा एक वर्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी बैठक छलफल भएकाे बताइएकाे छ। 

माधव नेपाललाई प्रधानमन्त्रीकाे अफर !

प्रकाशित मिति: : 2023-02-24 13:46:00

प्रतिकृया दिनुहोस्