राष्ट्रपति निर्वाचनबारे माओवादी र जसपा नेताहरुबीच छलफल 

File Photo
File Photo

नेकपा माअ‍ोवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेताहरुबीच राष्ट्रपति निर्वाचनकाे  विषयमा छलफल भएकाे हाे।

छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी  थिए भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए। 

प्रकाशित मिति: : 2023-02-23 16:32:00

प्रतिकृया दिनुहोस्