रातोघर फाउण्डेशनद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पन्न (तस्विरहरू)

रातोघर फाउण्डेशनले अन्तर्राष्ट्रिय मातृभाषा दिवसकाे अवसरमा मातृभाषा कवि गाेष्ठी सम्पन्न गरेकाे छ।  

बुधबार काठमाडाैँकाे बुढालिलकण्ठस्थित तौलुङकाे स्थानीय सामुदायिक भवनमा सञ्चालित कार्यक्रममा सोही वडाका वडाध्यक्ष सुरेन्द्र लामाको व्यवस्थापन तथा स्थानीय जनताको सहभागितामा भएको थियो। भने गोष्ठीमा नगरपालिकाको उपमेयर अनिता लामाको पनि उपस्थित थियो।

कार्यक्रममा खारुमी राईले बान्तवा भाषामा, भूमिका थारूले थारू भाषामा, बुङातुङ चाम्लिङले चाम्लिङ भाषामा, राकेश बुढा मगरले मगर भाषामा, हेमन्ती केवरतले केवरत भाषामा, शोभा सुनुवारले सुनुवार भाषामा, कवि अनिता लामा र फुल कुमार बम्जनले तामाङ भाषामा कविता वाचन गरे।

त्यस्तै, इन्द्रमान महर्जन, प्रशान्त डंगोल र लक्ष्मी माली, स्नेह सायमीले नेपाल भाषामा, विना थिङ तामाङ, गीता त्रिपाठी र आरएम डंगोलले खस नेपाली भाषामा कविता वाचन गरेका थिए। 

 

 

प्रकाशित मिति: : 2023-02-21 17:49:00

प्रतिकृया दिनुहोस्