राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने माओवादीको निर्णय, सबै जिम्मा प्रचण्डलाई

फाइल तस्बिर
फाइल तस्बिर

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिपतिमा कुन दलबाट उठाउने र कसलाई सघाउने भन्ने विषयमा निर्णय गर्न सकेनन्।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी बैठकको निर्णय सुनाउँदै राष्ट्रिपति सबैदलको मान्य हुने गरी उम्मेदवार बनाउने गरी राष्ट्रिय सहमति खोज्ने निर्णय भएको बताए।

जसका लागि सबै दलसँग छलफल गर्नका लागि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।

माघ २५ गते राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। त्यसका लागि आउने १३ गते उम्मेदवार मनोनयन दर्ता गरिँदैछ। राष्ट्रपतिमा सत्तारुढ दलबाट सरकार गठनका समयमा भएको सहमति अनुसार आफूले पाउनु पर्ने माग एमालेले गरिरहेको छ।

तर, माओवादीले एमालेलाई दिन तयार भइरहेको छैन। राष्ट्रिय सहमति भन्दै माओवादीले कसलाई राष्ट्रपतिमा सघाउने भन्ने निष्कर्ष निकालेको छैन।

प्रकाशित मिति: : 2023-02-20 18:55:00

प्रतिकृया दिनुहोस्