राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई सहयोग गर्छ : ओली

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेको उम्मेदवारलाई सहयोग गर्ने बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले पुस १० को सहमतिमा एमालेले राष्ट्रपति बनाउने सहमति भएको बताउँदै उनले एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने बताए। 

राष्ट्रपतिमा विषयलाई लिएर आफूले कसैको नाम नलिएको बताउँदै उनले फाल्गुुन १३ गते नै एमालेले आफ्नो उम्मेदवार टुंग्याउने बताए। 

उनले भने, ‘राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनय दर्ताको दिन (फाल्गुन १३) मा टुंगो लगाउँछौ। मैले अहिले कसैको नाम लिएको छैन्।’

नेकपा माओवादी केन्द्रका नेताहरुले तपाईंलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् नि? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘साथीहरुले रामाइलो प्रंसग निकालेछन्।’

यस्तै पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको विषयमा सोधिएको प्रश्नमा ओलीले भीम रावलको उदाहरण दिएका छन्। ओलीले भने, ‘भीम रावल त पार्टीमा केके बोलिरहेका छन्। म यति भन्छु पानीले आफ्नो लेभल आफैँ मिलाउँछ।’

दुई सय ४० वर्षसम्म राजतन्त्रले केही गर्न नसकेको बताउँदै ओलीले भने, ‘गणतन्त्रको यो १५ वर्षमा मिल्ने मिलाउने कुरा गर्दै हिड्नु पूर्वराजाको भनाई बेकार छ।’

‘पूर्वराजा ज्ञानेन्द्र शाह अहिले अलमलमा छन्, पूरानो त्यो झल्को आउँछ, अनि केही मान्छे त्यो झल्को मेटाउन आउँछन्’ उनले भने, ‘अनि त्यसो भन्दैमा उनले भनेर हुुन्छ ?’ पछिल्लो समय पूर्वराजाले गरेको गतिविधि बेकार भएको उनको तर्क छ।
 

प्रकाशित मिति: : 2023-02-19 13:21:00

प्रतिकृया दिनुहोस्