गोंगबु घटनाकाे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

यातायात मजदुर सङ्गठनले सोमबार गोंगबुमा गरेको आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

प्रहरी प्रधान कार्यालयले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

छानबिन समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल,  उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य छन्।

गत साेमबार यातायात मजदुर सङ्गठनले गरेको आन्दोलनका क्रममा नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड र मोबाइल पसल चोरी भएको थियाे भने प्रहरीको दुई वटा गाडीमा आगजनी भएकाे थियाे। 

प्रकाशित मिति: : 2023-02-16 13:04:00

प्रतिकृया दिनुहोस्