अनेरास्ववियु महाधिवेशन: अध्यक्ष र महासचिव बन्न आकांक्षी धेरै, मतदानको तयारी

नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्ष र महासचिव बन्न आकांक्षी धेरै रहेका छन्। फागुन २ गतेदेखि सुरु भएको २३औँ महाधिवेशनबाट अनेरास्ववियुले नयाँ नेतृत्व पाउँदैछ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेको छैन। नेतृत्व चयन गर्न नसकेपछि आज निर्वाचन हुँदैछ। अध्यक्षका लागि आरसी लामिछाने, लोकेश निरौला, मोति विक, समिक बडाल र वाङछु योन्जन उम्मेदवार रहेका छन्।

अध्यक्ष मात्र होइन महासचिवका लागि पनि पाँच जनाको उम्मेदवार परेको छ। जसअनुसार महासचिवका लागि नरेश रोकाय, सुदर्शन सिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन्।

अध्यक्ष र महासचिव चयनका लागि आज बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी थियो। तर, विभिन्न कारण देखाउँदै मतदान बिहान १० बजेसम्म मतदान सुरु भएको छैन।

मतदानमा विद्युतीय मेसिनको प्रयोग गर्ने तयारी गरिएको छ।

उम्मेवारहरुकाे नामावली:

प्रकाशित मिति: : 2023-02-16 12:26:00

प्रतिकृया दिनुहोस्