चन्द्र भण्डारीकी आमाको उपचारको क्रममा निधन

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारकाे क्रममा निधन भएको छ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजेर ५७ मिनेटमा उनको निधन भएको हो।

हिजो राति ग्यास विस्फोट भएर नेता भण्डारीसहित उनकी ८६ वर्षीया आमा हरिकला घाइते भएका थिए।

आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो। यस्तै नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका २५ देखि ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन्। डा भण्डारीको उपचार जारी छ।

प्रकाशित मिति: : 2023-02-16 11:07:00

प्रतिकृया दिनुहोस्