सांसद भण्डारीलाई भेट्न कीर्तिपुर अस्पताल पुगे देउवा

ग्याँस सिलिण्डर विस्फोट भएर घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई भेट्न पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा कीर्तिपुर अस्पालमा पुगेका छन्। 

देउवा साढे १० बजे अस्पतालमा पुगेका हुन्। गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए।

उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो। उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ। साथै अर्थमन्त्री बिष्णुप्रसाद पाैडेल पनि भण्डारीलाई भेट्न अस्पताल पुगेका छन्। 

प्रकाशित मिति: : 2023-02-16 10:31:00

प्रतिकृया दिनुहोस्