ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीकाे बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा उनीसहित ८६ वर्षिया आमा गम्भीर घाइते भएकी छन्।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार घाइतेहरूकाे किर्तिपुरको अस्पतालमा उपचार भइरहेकोे छ।

'अस्पतालबाट भर्खर फर्किएको छु। ममतामयी माता र आदरणीय चन्द्र दाइ दुबैको सिघ्र स्वास्थ्य लाभका लागि भगवानसँग प्रार्थना गर्दछु,' शर्माले सामाजिक सञ्जामा लेखेका छन्।

उपचारमा संलग्न डाक्टरहरूका अनुसार सांसद भण्डारीको शरिरको करिव २५ प्रतिशत र उनकी आमाको ७० प्रतिशतको शरिर जलेकाे छ।

प्रकाशित मिति: : 2023-02-16 06:22:00

प्रतिकृया दिनुहोस्