फागुन १ गते ‘सशस्त्र द्वन्द्व’को सुरुवात भएको दिन हो, ‘जनयुद्ध’ होइन

एमाले केन्द्रीय सदस्य तथा सांसद ईश्वरी जीएमले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रामक सूचना सम्प्रेषण गरेकोप्रति आपत्ति जनाएकी छन्। 

सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिएपछि सांसद जीएमले ‘आफूखुसी र आ–आफ्नो अनुकूल हुने गरि गरिने शब्द चयनलाई गम्भीरतापूर्वक लिनुपर्ने’ बताइन्।

फागुन १ गते आज दशवर्षे सशस्त्र द्वन्द्वको सुरुवात भएको दिन बताउँदै सामाजिक सञ्जालमा उनी लेख्छिन्, ‘जनयुद्ध होइन।’

‘सरकारले सरकारी दस्तावेज अनुसारको शब्द चयन गर्नुपर्छ,’ उनले लेखेकी छन्, ‘मैले थाहा पाएँसम्म जनयुद्ध शब्दलाई नेपाल सरकारले कहिकतै अभिलेख गरेको छैन।’

युवा नेत्री जीएमले माओवादी अध्यक्ष ‘प्रचण्ड’ले हस्ताक्षर गरेको १२ बुँदे विस्तृत शान्ति सम्झौतादेखि हरेक सरकारी दस्तावेजमा ‘जनयुद्ध’ शब्द नलेखेर ‘सशस्त्र द्वन्द्व’ नै लेखेको दाबी गरिन्।

प्रकाशित मिति: : 2023-02-13 05:03:00

प्रतिकृया दिनुहोस्