राजनीतिक स्थायित्वका लागि चुनावी गठबन्धन कायम हुनुपर्छ: नेता शाह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाहले राजनीतिक स्थायित्वका लागि चुनावी गठबन्धन कायम हुनुपर्ने बताएका छन्।

सुदूरपश्चिममा वर्तमान गठबन्धनको सरकार ढलेसङै नेता शाहले उक्त प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्, 'राजनीतिक स्थायित्वका लागि निर्वाचनमा सँगै भएका दलहरूको गठबन्धन जारी रहनु जरुरी थियो। तर नेताहरू व्यक्तिगत स्वार्थ पछाडि लुक्दा त्यो हुन सकेन। आज सुदूरपश्चिम प्रदेशमा देखा परेको नयाँ राजनीतिक घटनाक्रमले केही सन्देश दिएको छ।'

नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा अघिल्लो गठबन्धन टुटेको शाहको बुझाइ छ। उनले सुदूरपश्चिम प्रदेशमा देखा परेको राजनीतिक घटनाक्रमले दिएको सन्देशलाई आत्मसात गर्न बताएका छन्।

एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सरकार ढलेको हो।

प्रदेशको सबैभन्दा ठुलो दलको हैसियतमा संसदीय दलका नेता कमल बहादुर शाह सुदूरपश्चिम सरकारको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेसका शाहीलाई एकीकृत समाजवादीको समर्थन हुने भएको छ।

प्रकाशित मिति: : 2023-02-10 14:37:00

प्रतिकृया दिनुहोस्