प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री र अध्यक्ष ओलीबीचको छलफलपछि आजका लागि तय भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ। संयन्त्रको बैठक आज अपराह्न ३ बजे बस्नेगरी तय भएको थियो। 

प्रकाशित मिति: : 2023-02-09 19:01:00

प्रतिकृया दिनुहोस्