नेपाल क्यान्सर अस्पताल र फोबेस केयरबीच सम्झौता

नेपाल क्यान्सर अस्पताल र भारतीय कम्पनी फोबेस केयरबीच क्यान्सर बिरामीकाे उपचार लागि सम्झौत भएको छ। 

बिहिबार क्यान्सर अस्पतालले पत्रकार सम्मेलन गर्दै उक्त संस्थासँग सहकार्य गरेको जानकारी दिएकाे हाे। फोबेस केयरले नेपाल क्यान्सर अस्पताललाई मलिक्युवर ट्युमर बोर्ड र जेनेटिक काउन्सिलिङ सर्भिसका लागि सहयोग गर्ने छ। 

फोबेस केयरसँग सहकार्य गर्दा क्यान्सर पीडितप्रति अस्पतालले गर्ने हेरचाहमा उच्चस्तरकाे संक्षिप्तता र कुशलता ल्याउने विश्वास रहेको अस्पतालका संस्थापक र कार्यकारी अध्ययक्ष सुदिप श्रेष्ठलले बताए।  

त्यस्तै, फोबेस केयरका महाप्रबन्धक हितेश गोसामीले फोबेस केयर नेपाल अस्पतालसगँ सहकार्य गर्न पाउँदा खुसी भएकाे बताए। उनी भन्छन्,‘सहकार्यमा हामीले क्यान्सरका डाक्टरहरुलाई जान्न र बुझ्ने पाउने छौँ, र हाम्रो यो सहकार्यले नेपालमा रहेका क्यान्सर पीडितिहका लागि राम्रो उपचार दिने सकिने छ।’  

फोबेस केयरसँग अस्पतालले जेनेटिक काउन्सिलिङ र मलिक्युवर ट्युरमरबारे छलफल गर्ने छ। र यसमा अस्पतालले हरेक १५ दिनमा छलफल गर्ने छ।

प्रकाशित मिति: : 2023-02-09 17:16:00

प्रतिकृया दिनुहोस्