एकाबिहानै पर्यटनमन्त्री एअरपोर्टमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।

‘मन्त्रीज्यू यहाँ आउँदा राम्रोसँग उज्यालो पनि भएको थिएन,’ विमानस्थल कार्यालयका एक जना अधिकृतले भने, ‘बिहानको ६ बजेको हाराहारीमा आउनुभो। एक घण्टा जति निरीक्षण गरेर जानुभयो।’

आज बिहान अँध्यारैमा पाँच मन्त्रीसहित पाँच जना अधिकारी निरीक्षणमा निस्किएका हुन्। मन्त्री किरातीले पटकपटक निरीक्षण गरेपनि विमानस्थलको अव्यवस्थामा कुनै परिवर्तन आएको देखिँदैन।

प्रकाशित मिति: : 2023-02-09 09:41:00

प्रतिकृया दिनुहोस्