उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि, राष्ट्रपतिको विषयमा छलफल हुने

उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बिहान बालकोटमा भएकाे छलफलमा संयन्त्रको बैठक बोलाउने सहमति भएको हाे।

प्रधानमन्त्री प्रचण्डका अनुसार संयन्त्रको बैठकमा राष्ट्रपतिको विषयमा छलफल हुने छ। 'उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्र्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ। सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ। सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौ', ओलीसंगकाे भेटपछि प्रधानमन्त्री प्रचण्डले भने।

भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएको ओलीको सचिवालयले जनाएको छ। सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको  सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-02-08 11:58:00

प्रतिकृया दिनुहोस्