नागरिक उन्मुक्ति पार्टी भन्छ- हाम्राे माग सम्बोधन नभएसम्म विश्वासको मत दिँदैनाैँ

सुदूरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज विश्वासको मत लिँदै छन्।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेको हुन्।

नागरिक उन्मुक्ति पार्टीले मत दिने/नदिने औपचारिक रूपमा घोषणा नगरेकाेले मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सुनिश्चित भएको छैन।

आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत दिन नसकिने अडान कायमै राखेको महासचिव रत्नबहादुर थापाले बताए।

‘हाम्रो नेताहरुको कुराको कुनै टुङ्गो छैन। बोलेको कुरा पूरा नगर्ने अनि हामीले कसरी मत दिन सक्छौँ? प्रचण्ड, ओलीले गर्दा देशले दुख पाउने भयो। हाम्रो माग सम्बाेधन नभए हाम्रो सांसदले विश्वासको मत दिँदैन। अहिलेसम्म कुनै टुङ्गो लागेको छैन, मत दिने सम्भावना कम छ’, थापाले भने।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य रहेको छ। बहुमतको सरकारको लागि २७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ। यहाँ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९ प्रदेशसभा सदस्यसहित प्रतिपक्षमा छ।

एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जना प्रदेशसभा सदस्य छन्। यस्तो अवस्थामा एमालेका रावललाई नागरिक उन्मुक्ति पार्टीले मत नदिए विश्वासको मत प्राप्त गर्न कठिन हुनेछ।

प्रकाशित मिति: : 2023-02-08 11:06:00

प्रतिकृया दिनुहोस्