चितवन-२ का मतदातालाई अभिभावकत्व दिन्छौँ : शेखर कोइराला

File Photo
File Photo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन्।

नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका हुन्।

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ। कोइरालाले भने, 'तपाईं मतदाताहरुले फेरि दुःख पाउनु पर्यो। ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाईंहरू लाग्नुस्।'

उनले अन्य राजनैतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताए। नेता कोइराला भने, 'सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ।'

प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उहनको भनाइ थियो। राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको नेता कोइरालाले बताए। प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन ओइटिङ’ रहेको उनको भनाइ थियो। अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेको बताउँदै नेता कोइरालाले यसलाई कसरी समाधान गर्ने भन्ने विषमा कांग्रेसमा छलफल भइरहेको बताए।

प्रकाशित मिति: : 2023-02-07 15:52:00

प्रतिकृया दिनुहोस्