राष्ट्रियसभा उपाध्यक्ष अर्यालले लिइन् शपथ

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

शीतल निवासस्थित राष्ट्रपति भवनमा मंगलबार आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

प्रकाशित मिति: : 2023-02-07 11:46:00

प्रतिकृया दिनुहोस्