रवि लामिछानेमाथि जाँच गरौँ : भीम रावल

File Photo
File Photo

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।

लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति नेता रावलले साेमबार असन्तुष्टि जनाउँदै उनीमाथि जाँच गर्न माग गरेका छन्।

उनले तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्ने भन्दै गालीगलौजमा नउत्रिने बताएका छन्।

'राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश-जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ।सत्य तथ्य अैांल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ।गालीगलौजमा उत्रिन्न।यस कसीमा रवि लामिछानेको जाँच गरौं', रावलले ट्विटरमार्फत् उल्लेख गरेकाे छन्।

प्रकाशित मिति: : 2023-02-06 11:45:00

प्रतिकृया दिनुहोस्