एमालेको केन्द्रिय समिति बैठकको पहिलो अजेन्डा: निर्वाचन समिक्षा

फाइल तस्बिर
फाइल तस्बिर

प्रतिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमाले को केन्द्रीय कमिटीको पाँचौं बैठक २९ माघबाट सुरु हुने भएको छ।

गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो।

मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सा‌ंगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन।

बैठकको अजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ। बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ। 

प्रकाशित मिति: : 2023-02-06 08:38:00

प्रतिकृया दिनुहोस्