सरकार बाहिर रहँदा कांग्रेस पानीविनाको माछाजस्तै छट्पटाएकाे छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकारबाहिर रहँदा पानीविनाको माछाजस्तै छट्पटाएको बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार बाहिर रहँदा कांग्रेस पानीबिनाको माछाजस्तै छट्पटाएको बताएका हुन्।

संसदमा कांग्रेसले निभाएको भूमिकाप्रति आशंका उब्जाएका उनले आफूलाई प्रतिपक्षीको रुपमा कांग्रेसले स्वीकार्नसमेत नसकेको टिप्पणी गरे।

संविधान जारी भएपछि सात पटक प्रधानमन्त्री बनेको भन्दै उनले विगतजस्तै फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए। 

प्रकाशित मिति: : 2023-02-05 14:54:00

प्रतिकृया दिनुहोस्