राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता 

राष्ट्रियसभाको उपाध्यक्षमा पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा पुगेर सत्तारुढ गठबन्धनको तर्फबाट अर्यालले आइतबार दिउँसो उम्मेदवारी दर्ता गरेकी हुन्।

उनको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन्।

कांग्रेसले पनि अर्याललाई समर्थन गर्ने निर्णय गरेकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ। सोमबार निर्वाचन हुनेछ।

प्रकाशित मिति: : 2023-02-05 14:08:00

प्रतिकृया दिनुहोस्