माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजेबाट

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिबार अपरान्ह १ बजेका लागि बोलाईएको छ।

समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय विभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रबार बस्न नसके पछि शनिवार १ बजे बोलाईएको हो।

रास्वपाले बिहिबार नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि अन्तत: पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहिबार स्थगित हुन पुगेको थियो। त्यसपछि शुक्रबार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि शनिबार अर्थात आज १ बजे बोलाईएको हो।   

बैठकले मुख्यत: रास्वपासँगको बिबाद र केन्द्रिय बिभागहरुको कार्यविभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: : 2023-02-04 06:58:00

प्रतिकृया दिनुहोस्